Friday, March 11, 2016

पानी माथि रङ मिसाई दिएर
रुप नै बदली दिन्छन
एउटा रङ माथि अर्को रङ थपि दिएर
अस्तित्व मेटाई दिन्छन
मिश्रण गर्ने बानि बसिसकेको छ
बदलिदै जाने यस संसारलाई
नकाब ओड्दै हरदिन बदलिने
बानी बसिसकेको यस संसारलाई
खोग्रो खोग्रो मस्तिक लिएर घुम्ने
रित्तो आत्मा मात्र देख्छु सडक भरि
स्वाँग गर्दै समाझ्लाई सुदार्छु भन्दै
कुदनेको हुल भित्र म पनि होमी पठाउछु
आफ्नो चरित्र माथि हरियो , रातो रंगले पोत्छ
भित्र लुकेको त्यो कालो रंग कहिले देख्दैन
यहाँ हर एकलाई कयौ रंगहरुको झन्डाले
उनीहरुको मानिस्तिकतालाई कैदी बनाएको छ
स्वतन्त्र भएर केहि सोच्न सक्दैन
उनीहरु machine जस्तो भएको छ
आफ्नो सिधान्त भन्दा किताबको सिधान्त ज्यादा बोल्छ
अहिले भोलि होलि को चाड आउनु पर्दैन
हर दिन यहाँ मानिसहरु भिन्दै भिन्दै रंग पोतेर
हिडी रहेको हुन्छ

No comments:

Post a Comment