एउटा कथा सुन्छौ भने उसको मनको कुरा भन्छु
माया भित्र ग्रिना पनि लुकेको हुन्छ बिस्वाश भित्र अबिस्वाश पनि लुकेको हुन्छ
एउटा चरित्र भित्र अनेकौ चरित्र लुकेको हुन्छ
एउटा आसा भित्र धेरै निरासा पनि लुकेको हुन्छ
उसले मायामा कति झुठ देखेको छ
उ कयौ रात झलेर जिएको छ
उसले सपनीमा सुन्धर संसार देखे पनि
बिपनिमा मा जलेको संसार देखेको छ
कयौ चोटी उसले अनिदो आँखा बिछाए आगन भरि
धेरै चोटी अगेनाको छेऊ मा रुँदै एक्लै एक्लै रात बिताए
सानो उज्यालो किरण को साहारामा जुनी बिताए
त्यो सानो अध्यारो कोठामा घामको किरणले उसको जीवनलाई कहिले छोएन
No comments:
Post a Comment