Monday, March 14, 2016

आँसु न बगी देउ यो नयन बाट
कुनै पिडा छैन मलाई यो छाती भित्र
बरु खुशी ब्यक्त गरि देउ हे मेरो मुटु
अरुको खुशीमा मलाई कुनै जलन छैन

आँसु तिमी बग्न चाहन्छौ भने
एकान्त , अध्यारो ठाउँ रोजेर बग
आँसु तिमी भित्रको नुनिलो पन
स्वार्थ संसारमा रुचऊदैन कसैले
आँसु तिमी निर्दोष छौ
दोष तिमीलाइनै दिन्छ यो दोगी मानिसले

आँसु आँखा बाट तिमीले सबै देख्छौ
फेरी किन तिमी बाहिर आउन चाहन्छौ ?
जब तिमी नयन बाहिर आउछौ
तिमीलाई राम्रो संगले बग्न पनि दिदैन
तिमीलाई पुछेर तिमी बाटै मेटाई दिन्छ
आँसु न बगी देउ यो नयन बाट

No comments:

Post a Comment