मन्दिरमा गए पूजा गरे
शान्त खोजे यो मनलाई
गुम्बामा गए पूजा गरे
शान्त खोजे यो मनलाई
म किन धुखी छु ? थाहा छैन
के मा म धुखी छु ? थाहा छैन
अलमल छु म आफ़ुइ सित
वास्तविकतामा म भित्रको म
कतै हराए जस्तो छ यहाँ
रुखहरुले आफ्नो पात हराए जस्तो
आकाशले आफ्नो बादल हराए जस्तो
समुन्द्रमा छालहरु नभए जस्तो
किन म मन्दिर , गुम्बा मा नै जानु पर्ने
के म आफ़ु भित्र शान्त खोज्न सक्दिन र ?
हर रात म हराउछु
हर रात म कराउछु
हर रात म चिथार्छु
आफ्नै टाउको भित्रको गिदीलाई
अन्योलमा पार्दै सोध्न चाहान्छु
के शान्त अन्योलमा परेको गिदी मात्र हो ?
No comments:
Post a Comment