Friday, March 11, 2016

डुब्न लागेको घाम भएको छु भन्छ उसले
छितिश पारी बातै हेरिरहेको छु मैले उसलाई
आँसु सित बिताएको रातको दु:ख पोख्छ उसले
जीवन भर डरेलो लागेको मुटु भित्रको ब्यथा
कसरी भन्नु उसलाई

जीवन भर ओडने कपडा हो माया
न सानो भएर जान्छ न फाटेर नै जान्छ
रात सित साटेको दिन हो माया
न बादलनै लाग्ने गर्छ न अन्धकार नै हुने गर्छ
काडा बाट जितेको फुल हो माया
पाइतालालाई कहिले पनि काडा माथि तेक्न नै दिन्छ

सम्बन्ध गास्नु भनेको जीवनी समृप्रित गर्नु हो
माया भनेको दुई मुटु एक हुनु हो  
सम्बन्ध कहिले पनि टुटेर जान्छ
माया जुनी जुनी सम्म अमर भएर बाच्छ

No comments:

Post a Comment