कहाँ कसरी खोज्नु
उज्यालोमै हराएको आफ्नै छाया
कसैले भेटे सोधी देउ फर्की आउने हो कि हैन
बिना प्रतिबिम्ब उभी रहेको छु उज्यालो मुनी
कसैले भेटे उसलाई संदेश मेरो देउ
चादिनी रातमा जुनले ले पनि सोद्यो
हावा मा आएको फुलको बासनाले पनि सोद्यो
रात भरि अथैन् पार्दै सपनिले पनि सोद्यो
हराएको छाया फेरी भेटेउ भेटेन
कवितामा कविले बिम्ब हराएको जस्तो भएको छ
मैले यहाँ आफ्नै प्रतिबिम्ब हराएको छु
कसैले कुनै पनि अवस्तामा भेटेउ भने मेरो संदेश उसलाई सुनाइ देउ
No comments:
Post a Comment