मैले लेख्न न खोजेको कविता
के गर्नु तिमीले भन लेख्नु कि नलेख्नु
मैले लेखे भने तिमीले भन्छौ होला
यो मान्छे खत्तम रहेछ , चोर डाका पो रेहेछ
लाज सरम पचेको भतुवा पो रहेछ
के गर्नु लेख्ने मान्छेको जात नै यस्तो
आँखा ले देखे मनले मानेन लेखी हाले
अब न रिसाउ लेखी त हाले बरु दुई पेग थपी देउ
फेरी यो चडाएर हेर्ने र सोच्ने , मुटु र दिमाग फेरी अर्कै
सबैको गिदी एउटै ठाउमा भुटेर
थाल मा पस्की दिएर फेरी खानु दिन्छु
फेरी यिनीहरुको सोच र विचार कस्तो हुन्छ होला
मैले के लेखेको उनीहरुको दिमाग तातेर आएछ
मैले लेख्ने बानि छोड्दिन अरुहरु रिसाउनु छोड्दैन
शहर भरि जुलुस निक्लेछ फलानाको टाउकोको टोपी
र खुट्टाको जुत्ता चोरी दियो हरे
हरे मा जुलुस गर्नेको रात दिन हरे मानै चल्दो रहेछ
हरे बाबा भन अब मैले हरि ॐ हरि ॐ लेख्नु
कि हरेको बिसाइ मा लेख्नु
तिमी तेतिकै रिसाउछौ त्यसै कारण त भनेको
मैले लेख्न न खोजेको कबिता लेख्दिन भनेको
रिसाउनु भन्दा बरु अजै दुइ पेग थपी देउ
यो पाली चै Double Black हुनु पर्छ है
No comments:
Post a Comment