Wednesday, March 16, 2016

रोएको आँखालाई होइन                                                                                 रोएको मन भित्र नियालेर हेर
मैले हराएको माया होइन
मैले गरेको माया रोएको पाउछौ
च्यातेर त देखाउन सक्दिन यो छाती
मेरो आँसु एक पल्ट अन्जुलिमा लिएर हेर

रित्तो भइ सकेको छ आँखा पनि
आँखा बाट आँसु बाहिर आउन पनि मान्दैन
न्यानो माया बिना , रितिएको छ संसार पनि
आँसु बगाएर बाटो बिचमा हिड्न पनि सक्दिन

देख्दैनौ मेरो आँसु मेरै नयन भित्र
जल्दैगरेको चिता मात्र देख्छौ आँखा भित्र
तिमी रुन्छौ भने म आँसु बनि बगी दिन्छु
तिमी दु:खी भै दु:खछौ भने म पिडा सहेर
तिम्रो निम्ती बाची दिन्छु
तिम्रो निम्ती आँसु बनी दिन्छु

No comments:

Post a Comment