डोको भरि जीवनी बोकेर
हैसे गर्दै उ चौतारीमा थकाई बिसाउछ
माया देखाउछ बाटोले उसको पसिना हेर्दै
माटो र डुंगाले उसको मनको चोटलाई हेर्छ
बन जंगलले उसको बिर्सेको गीत सुन्न चाहन्छ
उसलाई दुनियाँले ठगि सकेको छ
पिडा देखि उसको मुटु पिल्शी सकेको छ
उसको हात उसको खुट्टाको ठेलाहरु बाट
भिर पाखुराले चोट खाएको नक्शा देख्छ
उसको जिउ को मैला बाट लाली गुराश , चापको फुलको मिठो मिठो बास्ना आउछ
उसको कस्तो बिडम्बना
काडे तारले छुटाएको सिमा जस्तो
चारै तिर बाट उ घेरिएको छ
एउतै भएको मानव अभिमान पनि
दोबाटोमा उ अलपत्र भएको छ
एक्लै सडकमा निक्लेर आन्दोलोंन गर्नु पर्छ कि क्या हौ भन्छ ? फेरी यो जडियालाई के पुगेन भन्छ होला !!!!!!!!!
No comments:
Post a Comment