हे कवि न लेख कविता
जब सम्म तिम्रो मा पैसा छैन भने
हे कवि तिमी सम्बन्द नगास
तिम्रो कवितामा पैसा गनौदैन भने
तिम्रो कविताले तिम्रो खाना पस्किन्दैन
तिम्रो कविताले टाउको छेक्ने छत दिन्दैन
तिम्रो कविताले तिम्रो नाङ्गो शरीर छेक्दैन
तिमीले लेखेको सब्धहरु
भोख भोकै बाटोमा दुली रहेको छ
तिम्रो भावहरु बाटोको कुनामा
पानीले रुज्दै उभेर नाङ्गो संसार हेरिरहेको छ
हे कवि जब तिमीले लेख्न छोड्छौ
यहाँका आन्दोलनहरु लथालिङ्ग हुन्छ
हे सोझो कवी फेरी तिमीलाई उचाल्छ
यो स्वार्थ संसारले , तिमीलाई लेख्न बाध्य गराउछ
अब के लेख्न चाहन्छौ हे लाता कवि
त्यती खेर सम्झ
तिम्रो भोख
तिम्रो टाउको माथिको छत
तिमी भिज्दै गरेको त्यो बारीश
हे कवि तिमीलाई एउटा कुरा भन्न भुलेछु
तिमीलाई jocker मात्र सम्झंछ
समाझ तिमीलाई हेरेर हास्छ
तिमीलाई देख्ने बित्तिकै bore मान्छ
तिम्रो बोलीहरु अरुलाई पच्दैन्न
तिमीलाई देख्ने बित्तिकै भाक्न थाल्छ
म त अब के भन्नु तिम्रो कवि मन
एकै छिन मा पग्ली जाने
हे कवि तिमी धुखेको हुन्न्दैनौ , तिमीले संसार धुखेको देख्छौ
तर संसारले तिमी धुखेको देख्छ
हे कवि तिमी टुटेको हुन्दैनौ
तर मानिसले तिमीलाई टुटेको देख्छ
हे कवि तिमीलाई गरीब र नाङ्गो देख्छ
मलाई लाग्छ तिमीनै संसारको धनि व्यक्तित्व हौ
मेरो एउटा सानो सम्झना संसारका ति महान कवि अनि
लेखकहरुलाई
जो अहिले पनि यस संसारमा छन् उनीहरुलाई मेरो salute छ
जो हाम्रो सम्झनामा मात्र सिमित छन् उनीहरुलाई मेरो बाट
हार्दिक श्रदान्जली
No comments:
Post a Comment