बिहानी पाखा आफ्नो मातोको
सित्तल पवनले छोएर जादा यो हीर्दै के भाको अचम्म
सान्त मन्त्रको आवाज गुन्जे जस्तो भयो
रित्तो पन भए लाग्थ्यो यो मनमा
आज किन हो नयाँ सुर्य उधाए जस्तो भयो
अन्धकार रातलाई चिरेर उज्यालो किरण जस्तो
आज किन यो मन प्रफुलित भयो
यी जंगलहरु मेरो प्रतिक्क्षामा
जुनी जुनी देखि उभेर बसेको आभाष भयो
यी फूलहरु मलाई सुगन्द छर्न को लागि
भिर पाखुरामा फुलेको महसुस भयो
मेरो निम्ति यी चरा चुरिंगीले
खुशी हुँदै गीत गाएको आभाष भयो
मेरो आगमनमा बन डादा
डम्फुको तालमा नाचे जस्तो लग्यो
आज त्यो दिनको सम्झना आयो
जब यो माटोलाई छोडेर टाडा भै जादा
भन्ज्यांग चौतारी रोएको झल् झल् को भयो
छनिक समय को फर्किए आज
फर्केर जादा कतै आसु फेरी
बररर झर्ने त हो कि
No comments:
Post a Comment