Monday, March 14, 2016

छेकेर कसैको गन्तब्य मैले छेक्नु सक्ने होइन
खोसेर कसैको खुशी मैले पाउनु सक्ने होइन
मागेर कसैले मलाई यहाँ माया दिने होइन  
आफ्नो भाडा त यहाँ सदा रित्तो देख्छु
खोसेर मेरो जीवनी कहिले भरिने होइन

अग्लो अग्लो पर्खाल भित्र कैद छु लाग्छ
ठुलो ठेली किताब को सब्द भित्र बन्द छु लाग्छ
अनायस यो दिन रातलाई ओल्टाई पल्टाई हेर्छु
के को लागि ? किन मैले गरेको ?
एउटा रित्तो भाडा सुन्यतामा बजे जस्तो लाग्छ

कोहि बाहिर बाट नाङ्गो देख्छु
कोहि भित्र बाट नांगिएको देख्छु
लुगा लगाएर शरीर ढाकेर कहाँ हुदो रहेछ
आखिरमा हामी सबै नाङ्गो नै रहेछौ

No comments:

Post a Comment