म मर्दै गर्दाको मेरो अन्तिम कविता
शब्दहरुको लस्कर मलामी बनेको हुन्छ
कलमको मसि आँसु बनेर बगी रहेको हुन्छ मेरो किताब मेरो कपि चिता बनेर पर्खि रहेको हुन्छ
मेरो नाङ्गो शरीर हावाको सिम्फोनी सित
नाच्दै हल्ला गर्दै हिडी रहेको छ
म भित्रको नाङ्गो भावहरु गीत बन्न खोज्दा खोज्दै
रक्सी संग बिक्री भएर बाटोमा हलिन्दै हिडी रहेको छ
यो नाङ्गो संसार आज जीवनीमा बोज भएर
हर रात एक्लै एक्लै हिडी रहेको छ
मलाई मन पर्ने रंगहरु आज सेतो अनि कालो मात्र भएर कालो कोठाको भित्तामा चित्र भएर झुण्डी रहेको छ
एउटा जीवनले जीवनी सोद्न्न कहाँ पाउदो रहेछ
एउटा कुवाको पानी कहाँ समुन्द्र हुन पाउदो रहेछ
No comments:
Post a Comment