एक पल थियो
तिमी थियौ म थिए
सपना पनि थियो
बिपना पनि थियो
कल्पना पनि थियो
यथार्थ पनि थियो
सन्ध्या हुन्दै थियो
तिमि थियौ म थिए
रातको समय थियो
जुन पनि थियो
तारा पनि थियो
चिसो बताश चल्दै थियो
मन पनि चिसिन्दै थियो
प्रभात हुनै लागेको थियो
तिमी थियौ म थिए
सन्नाटा छाएको थियो
तिमी पनि मौन थियौ
म भित्र सुन्यता थियो
एउटा मिलनको आज
बिदाइको नाटक थियो
एउटा नाताको अन्त थियो
प्रभात , सन्ध्याको अन्तिम मिलन थियो
No comments:
Post a Comment