सुन्य भित्र सुन्यता भेत्न खोजे
कालो रंग भित्र सेतो नक्सा कोर्न खोजे
भत्कीएको महललाई मन्दिर भन्दै हिड़े
बितेको पललाई सम्झना मात्र भन्दै राखी छोड़े
मेरो दुख,चोटलाई अरुलाई दोसी ठान्दै हिड़े
मलाई बिजेको काड़ा तिमीले दिएको भन्दै हिड़े
चोटहरु माथी नुन दल्ने पनी तिमिनैहौ भन्दै हिड़े
तर्पिएको आत्माहरु मात्र पाउछौ सड़क भरी
बिष पिएर मर्न नसकेको मायालु मात्र पाउछौ सहर भरी
अल्मल्लिएको बेसहारा पाईलाहरु बेचिरहेका छन् दोकान भरि
कचाक कुचुक पारेर सत्य हाल्यो गोजी भित्र
छोपिदिन्दै असत्यता बजारको मुल्यमा किन्न लाँउछन्
यँही सुन्यता भित्र म हराई सके
कालो र सेतो रंग मिलेर प्रदुषण को चित्र बनि सकेछ
कहिले आफैलाई सेतो पनि देख्छु कहिले कालो पनि देख्छु रंग छुटाउन नसक्ने अन्धो भएछु
No comments:
Post a Comment