जब म आमको कोख बाट जन्म लिए
जब म यो धर्ती मा आए
म रोई रहेको थिए
सबै खुशीले हर्ष उलाश मनाई रहेको थियो हासी रहेको थियो
कोख मा हुँदा तपाई को बाट
संसार रमाइलो देखेको थिए
आज आफ्नो आखाँले हेर्दा
यो संसार बिचित्रको देख्छु
मानिसको अनुहार हासेको भए पनी
आत्मा दुखीहुनेहरु मात्र पाउछु
खाना धेरै भए पनी भोकोहरु मात्र पाउछु
यहाँ खुशी दिने भन्दा चोट दिने धेरै पाउछु
यो सान्चारिक जीवनलाई भुल्नको लागी
मधीरा पिएर बेहोश जीवन बाटोभरी पाउछु
छनिक समय को निम्ती खुशी हुन्छन
त्यो समय ऊ स्वर्थी हुन्छ
उसले सबै भुली दिन्छ
अगाडी पछाडी तल माथी
उसले चिन्न छोडी दिन्छ
छनिक खुशी जब हराएर जान्छ
ऊ एकलो हुन्छ ऊ पागल हुन्छ
ऊ हराउछ यो सहर को गल्लीहरुमा
मधीरा पिएर बेहोशहुनेमा ऊ पनी एउटा हुन पुक्छ
आमा तपाईले मलाई जन्म दिनु भएको मा म धेरै आभारी छु
सायद मैले नजानेर होला यो संसार बिचित्र देखेको
मेरो अन्तिम इच्छा म मर्दा
म जन्मेको जस्तै हर्ष उलास मनाउनु
कशैले आशु न झारी दिनु
मलाई जलौदा मेरो चितामा
म प्रतिको भावना शबैले तेही चिताको आगो माथी जलाई दिनु
No comments:
Post a Comment