Wednesday, February 11, 2015

उसले लेखेको कवितामा
तिम्रो मा पखेटा उम्रेको छ
मैले लेखेको कवितामा
तिम्रो मा सिंग उम्रेको छ
फरक केही न देखे पनी
फरक नै फरक छ
तिम्रो बेव्हार ऊ प्रती
तिम्रो बेव्हार म प्रती
उसको नजरमा तिमी स्वार्ग को परी
मेरो अगि तिमी नर्गको यमराज नै हौ
कविता लेख्दै थिए भुलेछु
अब फेरी लेख्दैछु तिम्रै कविता
भोली हामी भेटौ हाम्रो पुरानो ठाउमा
तर पखेटा र सिंग लिएर साथ मा न  आऊ है
फेरी त्यो पखेटा र सिंगले गर्दा
फेरी टाडा न भई जाऊ हामी
तिमीलाई कवितामा चित्रण गर्दा
आफ्नु चित्रण गर्न भुलेछु
म आफै कप्टीछु,स्वार्थीछु,
चोर्ने ,धात्ने बानी पनी छ मेरो
आफै नसुध्री अरुलाई सुधार्न निक्लन्छु
मान्छेको भीडमा मान्छेनै देखिन्छ मलाई
भीत्र मन त दानव नै हो
यसैले मेरो कविता मा तिमीलाई
सिंग उम्रेको देखेको
यसरी चोर पुलिस खेल्दै
जीवन काटेको धेरै भयो
बुझेर पनी नबुझने छन्
नबुझेर धेरै बुझने पनी छन्
तेसैले त तिम्रोमा सिंग देखे मैले
उसको कवितामा तिम्रो संसार
फुलै फुलले भरेको छ हरे
त्यहाँ हाशोँ मात्र छ हरे
ढुख त त्यहाँ देखिन्दैहरे
मेरो कवितामा के लेख्नु
तिम्रोमा दुख र पीडा बाहेक केही देखिन
तिम्रो आखाँमा आसुँ बाहेक केही देखिन
फरक येही त छ
उसको हेराईमा तिमी
मेरो हेराईमा तिमी

No comments:

Post a Comment