चादनी रात थियो
हावाको चिसो बताश थियो
फुलको मग्न मग्न बास्ना थियो. सुनसान त्यो रातमा
दुई धर्कन मात्र सुन्दै थियो
हामी संसार देखी टाडा थियौ
केही चाहेनौ हामीले
चाहे बश दुई आत्माको मिलन
कती चम्किलो हुन्थ्यो उसको नयन
चादनी रातमा
हावाले उड़ाएको उसको कपाल
रातनै डाकी दिन्थियो
चादनी रात थियो
आजको रात उदाश छ
हावाको गती पनी उदाश छ
फुलको बास्ना कतै छैन
No comments:
Post a Comment