फेरिपनि अस्तिको साल जस्तो
यसपाली पनि पहिरो आयो
घर सबै बगायो
अन्न सबै नस्ट गर्यो
खै के हो हो दैबले हामीलाई साथ छोडेछ
भुकमारी लागेको छ गाउमा
हैजा फैलीएको छ घर घर मा
बाच्न दिने हो की होइन
मानवलाई यस धर्तीमा
सालै पिछे आउने पैरोले
कम्जोर बनायो हामीलाई
होम लाउन पर्ने हो
कुलको पुजा गर्नु पर्ने हो
विकल्प केही देख्दिन
अझै पैरो तान्नु पर्ने हो जस्तो छ
सरकारले राहत पठाउनु सक्दैन हरे
अरु देश को राहत को प्रतिकक्षामा छ हरे
पहाड़ को ठुलो बर्षाले खोला बडेर
मदेशमा पनि बाड़ी आयो हरे
तेता तिर पनि राहत पुगेको छैन हरे
तेता त झन् डरलाक्दो भुक्मारी र बिमार फैलेको छ हरे
No comments:
Post a Comment