रंग उड़ीसकेको अनुहार
तेश माथी छेरपाटे लागेको
भट्टीमा रातभरि रक्सी पिएर
बाटोभरी हल्ला गर्दै नाराहरु लाऊछ
भोलि देखि म रक्सी पिऊदिन
भोलि देखि म गुफा पस्छु
भोलि देखि म केहि गर्दिन
कहिले केही गरे जस्तो
सुन्य सड़कलाई थाह छ
भट्टी बाट निस्केर ऊ भोली फेरी
अन्धकार सित अंगालो मार्दै
सड़कलाई पनि अंगालो हाल्न
आई पुग्छ
उसको त्यो रातो गोरो अनुहारहरु
अब फोटो मा मात्र कैद भएको छ
उसको उज्यालो दिनहरु
अन्तरिक्षको कालो ओढार भित्र
बन्ध भएको छ
No comments:
Post a Comment