Monday, February 2, 2015

समय र जीवन संग संगै जुजिरहेका
मानिसको रात अनी दिनहरु
कहिले नभरिने अभाबहरु
कहिले नसकिने इच्छाहरु
कहिल गन्तव्यमा नपुगिने
जीवनको यी यात्राहरु
लजाउन यहाँ छाडी सके
एक अर्कालाई किल्चन्दै हिड्नु
यहाँ सबैले सिकी सके
आज मात्र खोजी हिड़दछन्
हिज र भोली सब्दकोश बाट फाली सक्यो
आशु झर्नेहरु हारको झन्डा उठाउदै
भागी सक्यो
मानव सबै दानव जस्तो भई सक्यो
थाहा छैन म पनी हारको झन्डी उठाउनु पर्ने हो
दानव जस्तो भएर बाच्नु पर्ने हो

No comments:

Post a Comment