आगो भित्र जलेको मुटुलाई हेर
खरानी भएको बिश्वास पाउछौ
पग्लेको हिउ भित्र पसेर हेर
आशाहरू बघिरहेको मात्र पाउछौ
बाचेर पनी मरेको जस्तो जीवन
यथार्तमा बाच्न गारो हुँदोरहेछ
एक पल्ट आफ्नै मुटु जलाएर हेर
मरेको जीवनी जिउनु कती गाह्रो हुँदोरहेछ
आखाँ देखी जब ओजल भयौ तिमी
आखा चिम्लेर जीउनु अती गाह्रो हुँदोरहेछ
फर्केर आउने बाचा न देऊ मलाई
आशामा बाच्नु देरै गाह्रो हुँदोरहेछ
No comments:
Post a Comment