Monday, February 2, 2015

म हिड़ने बाटोहरुमा
कती कुल्चे होला यो  पैतालाले
कतीको भावनाहरूलाई
कतीको आसु झारे होला
कतीलाई बिवस एक्लो अन्धकारमा छाडे होला
अन्जान भई कती लुकाई हिड़े
अफ्न्नो गल्तीहरुलाई
मन्दिरको त्यो निर्जिउ मुर्ती को अगि पछताप को धेरै नातक गरे मैले
मानव को स्वार्थ
मेरो स्वार्थ
म मात्र हो या संसार येस्तै हो
आफ्नै पैतालाको छाप चिन्न नसक्ने मानीस
भित्रको मन र आत्मलाई कसरी चिन्न सक्छ
अफ्न्नै आत्म बेच्छ बजारमा स्वार्थको लागी
बाजा बजाव्दै फेरी मानवताको हत्या गर्धै हिड़छन्
सब नाटक भएको छ
कलाकार को कुनै खाचो छैन
आफ्नो आफ्नो भूमिका राम्रो निभाऊछ
नाटक को अन्तमा सबैको
आखा बाट आसु झरिरहेको हुन्छ

No comments:

Post a Comment