Monday, February 9, 2015

खुशी भएर झरेको आशु
चोट परेर झरेको आशु
दुई मा नै कती भिन्नता
तर आशु त आशु नै हो नी

पुछे आखा नै रातो भै जाने
पिए नुनिलो नै स्वाद पाऊने
खुशीको या चोटले झरेको आशु
तर आशु त आशु नै हो नी

मुटु भित्रको जलनलाई पनी
आशुकै बाड़ीले निभाउने त हो नी
अन्धकार भित्रको एकलो पनलाई
आशुले नै त साहारा दिने हो नी
आशु त आशु नै हो नी

No comments:

Post a Comment