तिमीले टेकोको धर्ती
मैले टेकेको धर्ती
एउतै होइन र
तिमीले पिएको पानी
मैले पिएको पानी
बेग्लै बेग्लै हो र
तिमी बाचेको हावा
शुद्ध र म बाचेको हावा
दुषित हो र
तिमीले छोए शुभ हुने
मैले छोए अशुभ हुने
आस्था पनि यस्तो हुन्छ र
मैले सीलाको लुगा
अशुभ नहुने
मैले बनाको भाडा बर्तनमा
पकाऊन हुने
म चै अशुभ हुने
गजबको छ मानव सोषणहरु
गजबको छ मानव धर्म
गजबको छ मानव विवेक
गजबको छ मानव सभ्यता
गजब छ बा
No comments:
Post a Comment