Thursday, February 19, 2015

हे यात्रा मेरो अनौठो यात्रा
खै के के नमिलेको यात्रा
कहिले तिमीले पछी छाड्छौ
कहिले मैले पछी छाड्छु
हामी दुई को लामो यात्रामा
कहिले तिमी उज्यालो मा लुकी जान्छौ
कहिले म अँध्यारोमा हराई जान्छु
यो अचम्मको यात्रामा
कहिले तिमी हिमालको टुप्पो मा हुन्छौ
म भन्ज्यांङ खोल्चा तिरनै हुन्छु
कता कता हाशँउठ्दो यात्रा
कहिले तिमी हास्ने रुने
कहिले म रुने हास्ने
लाजनमान्ने हाम्रो यात्रा
कहिले जाड़ोले कचलती रहेकॊ हुन्छौ
कहिले घाम मा म पग्लिरहेको हुन्छ
लखान्तरण भएको यो यात्रा
कहिले आफ्नै बाद्यतामा तिमी
कहिले आफ्नै खुशीहरुमा म
यो झुकीँजाने यात्रामा
कहिले यो युद्ध मा तिमी बिजय हुन्छौ
कहिले म मरेर लाश भएको हुन्छु
यो दुखको यात्रामा
हे मेरो यात्रा यो मेरै यात्रा

No comments:

Post a Comment