Wednesday, February 11, 2015

एउटा नक्सा देँखे ऊ भित्र
तप्काना झरीरहेको पात बाट
ऊ भित्रको आँधीहुरी भनौ
ऊ भित्रको सुन्यता भनौ
मधुर संगीत,घुङ्गुरुको छमछम आवाज
एक्लै नाचिरहेको छीन
निर्जिउ मानवको बस्तीहरुमा
सपना छ तर पनी                  आफै रीतो छ मानव जंगल भित्र
बेवारिश लास भएको छ
लासलाई जलाउने दौरा पनी आफै भएको छ
बाटोभरीको ढुँगाहरु संग चोट पाउने बानी परिसकेको छ
मिर्गत्रीशाना रातमा मात्र देख्छन्
रातमा मात्र जिउछिन उनी
कात्रो ओडेर नाचीरहन्छन् उनी
धुक्दुकी छ,ऊ भित्र प्राण छैन
मानव प्रती माया होइन गृणा मात्र छ
प्राथना गरेर भन्छन् भगवानलाई
अर्को जन्म मानव नै बनाई दिनु
मानव स्वार्थ चिन्न बाकिनै छ

No comments:

Post a Comment