समय को साथ हामी हिड्छौ
समय हाम्रो साथ हिड्छ
समयले हामीलाई पर्खन्दैन
समय हामी पर्खी रहन्छौ
समय संग हामी जन्मन्छौ
समय साथ हामी ठुलो हुन्छौ
समय साथ हामी बाच्छौ
समय साथ हामी एक दिन मर्छौ
हामी गए पनि समय यही हुन्छ
नयाँ जीवन संग समयले साथ बिताउँछ
संसार यसरी चलि रहन्छ
आकाशमा नयाँ तारा जन्मी रहन्छ
रात परे जुन निक्लन्छ
दिन भए घाम निक्लन्छ
समय यसरी बित्नु छ
आज जन्मेको सिसुलाई
भोली त मर्नै छ
जसरी भए पनि जीवनको अन्तिम दिन सम्म
समयको साथ बिताउनु छ
No comments:
Post a Comment