डरेरो लागेको त्यो दाडामा
एउटा सुन्दर हरियो टुसा देखे
मेरो आशा भएको छ
मेरो एउटा सपना भएको छ
ऊ सित माया बशेको छ
ऊ सित नयाँ संसार देखेको छु
उसको नयाँ चित्र कोर्दै छु
कणवर्समा रंगी चंगी रंग ले
सुन्दर उसलाई म बनाऊदैछु
डरेरोले कालै भएको डारा लाई
रंग छर्केर नयाँ बनाउने इच्छा गर्दैछु
कल्पनामा डुबेर आकाश माथी
बादल संगै उढ़ीरहेको छु
सपनीमा आई उसले अंगालो हाल्छ
ऊ मेरो हुन्छ म उसको हुन्छु
कहिले नबिर्सिने सम्झना हुने छ
कहिले न छुतिने मिलन हुने छ
तिमी मेरो आशाँ हौ
तिमी मेरो सपना हौ
तिमी मेरो आकास धर्ती हौ
तिमी मेरो जिउने साहारा हौ
सरिर को एक एक थोपा रगत हौ तिमी
मेरो भाग्यको कर्मरेखा हौ तिमी
डरेरो लागेको त्यो दाडामा
एउटा सुन्दर हरियो टुसा देखे
No comments:
Post a Comment