Monday, June 27, 2016

दु:ख पोखाउन आउ बरु
तिम्रों ब्याथामा शामिल भइ दिन्छु
खुशी लिएर न आऊ मेराे अगि
एक्लै भित्र भित्र जल़ीरहन्छू

बलिरहेको ज्योति जब निब्छ
एक्कासी अन्धकार छाउँछ
बल्दै गरेको आगो जब ठुलो हुन्छ
एक्कासी विध्वंस भएर जान्छ
क्षितिश पारि घाम डुब्दा 
प्रिती त्यही छोडेर आए
मायालुको सम्झनामा 
आफुलाई भुली पठाए 

जीवनी जिउनु सिकेको थिए 
तर फेरी कहाँ भुल गरि पठाए  
धेरै माया दिएर फेरी 
उसलाई कहाँ बिर्शी पठाए   

भिडहरुमा गल्लीहरुमा खोजेकै थिए 
सपनीमा पनि न देख्दा मैले भुलेकै थिए
बाचा दिएकै थिए तिमीली भुली पठायौ 
भिड गल्लीहरुमा मैले पनि हराइ पठाए
बित्दै गरेको समयले                                                                                                                                       अन्तिम पल्ट फर्केर हेर्यो
डुब्नै लागेको घामले फेरी
एक पल्ट क्षितिज बाट हेर्यो
लझाउदै लझाउदै जुनले पनि
आखिरी पल्ट भावनालाई चोरेर हेर्यो

अन्यौलमा परेको माया पनि
काडामा अल्झे झै अल्झिन्छ
हिड्दा हिड्दै भत्केको बिश्वाश पनि
आँखामा सपना अल्झे झैँ अल्झिन्छ
कुइरोले ढाकेको एक बिहानी 
शितले पुरी दिएछ मेरा प्रतिमिम्ब
कालो तुवालो भित्र म हराइ जान्छु 
हिउ बिलिए झैँ म पनि बिल्ली हाल्छु 
  
आँखा खुल्छ प्यारो सपना बोकेर 
आकाश को तारा वाल्ल पर्दै हेर्छु 
हावा नजिक बाट संदेश उसको भन्दै 
मुटुलाई चिसाएर भागी जान्छ 
नधर्किने धर्कन एक पल्ट जोरले हल्लिंन्छ
आकाशलाई नै कहिले छुन सके
समुन्द्रको गहिराइलाई नै नाप्न सके
न चम्किलो तारालाई नै गन्न सके
न जुनको उज्यालोमा दिशा खोज्न सके

एउटा सामान्य जीवन थियो मेरो
सोचे जस्तो स्थिरता छैन अब
कहिले भत्की पठाउछु फेरी जोड्छु
कहिले लडी पठाऊछु समालिन्दै आँफै उठ्छु

बुज्ने कोशिस गर्छु जीवनी दर्शन
अझ झन् अल्मलाउछु जीवनीलाई
आकाशलाई नै कहिले छुन सके
समुन्द्रको गहिराइलाई नै नाप्न सके
बाटोमा कोहि पनि बदलिनु सक्छ                                                          
कतै बदले भने नयाँ यात्रा सुरु गर्नु                                                                      
बादलको पनि आफ्नै यात्रा हुन्छ
त्यस पछि पानीको आफ्नै यात्रा हुन्छ

रुनु मन लागे रोई दिनु नरोक्नु                                                                                                                                 आँसुको आफ्नै यात्रा हुन्छ,रित्तिनु दिनु                                                                                                                       हास्नु मन लागे बेस्शरी हास्नु नथाम्नु.                                                                                                                                  खुशीको आफ्नै आँसु हुन्छ,झर्नु दिनु
बित्दै गरेको समयले                                                                                                                                                      अन्तिम पल्ट फर्केर हेर्यो
डुब्नै लागेको घामले फेरी
एक पल्ट क्षितिज बाट हेर्यो
लझाउदै लझाउदै जुनले पनि
आखिरी पल्ट भावनालाई चोरेर हेर्यो

अन्यौलमा परेको माया पनि
काडामा अल्झे झै अल्झिन्छ
हिड्दा हिड्दै भत्केको बिश्वाश पनि
आँखामा सपना अल्झे झैँ अल्झिन्छ
नेत्रहिन हुँ उसलाई देख्न सक्दिन
नजिक पनको सचेत मात्र गर्न सक्छु
म भित्रको मेरो दृष्ठि भएको छ उ
निस्पट्ट जीवन को साहारा भएको छ उ

दृष्ठिविहीन महसुश गर्दिन उसको स्पर्शले
खुशी मृगतृष्णा जस्तो मात्र थियो
मेरो हताश पन , सुन्यताले मात्र देख्थ्यो
लजाउदै हिड्थे संसार संग , अब लजाउदिन
नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन
मधिरा पिएर मैले जीवनी भुल्न खोजेको होइन
प्याला समाएर आफु बाट भाग्न खोजेको होइन
नसामा झुमेर ब्यथा पोखाउन खोजेको होइन

तिमीले कसरी बुझ्न सक्छौ मलाई , त्यसरी भुझ
मैले रक्सिको मित्रतलाई अगालेर जिएको होइन
कुन्चै मापदण्डमा तौलिन्छौ मेरो नसालु मायालाई
मैले मधिरा सित साईनो गासेर बाचेको होइन
कसैको लागी पिएर म रात भर डुलेको होइन

रात पर्दै जान्छ मेरो जीवनी सुरु हुँदै जान्छ
सपना देखी टाडा हुन खोजेको होइन
नसा भित्र जब म दुब्दै दुब्दै जान्छु
तब म आफैलाई भुल्दै भुल्दै जान्छु
नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन
एउटा यात्रा यस्तो होस्
बाटो भरि सुन्दर यात्रीहरु भेटोस
बाटोको यात्री यस्तो होस्
सुन्दर बिचारको फुलबारी होस
अंगालो मार्ने यात्री धेरै हुन्छ
कसैको मनमा खोट न होस

मस्तिष्क ले आफ्नै यात्रा गर्छ
शरीर को आफ्नै यात्रा हुन्छ
तर यो मनको यात्रा सुन्दर भावहरु
सित होस
आँखाको यात्रा अरु शरीर को अङ
भन्दा भिन्न हुन्छ
दिमागले , आँखाले देखेको नराम्रो यात्रा
कहिले नअंगालाेस्
हेर्छु सबैको सोच्ने विचार आफ्नै आफ्नै
रुन्छु आँसुको भल सबैको आफ्नै आफ्नै
धर्किने  मुटु पनि सबैको आफ्नै आफ्नै
अन्तिम श्वास पनि सबैको आफ्नै आफ्नै
चिताको डौरा पनि सबैको आफ्नै आफ्नै
तर अन्तिममा जादा सबैको अवस्ता एउटै
कोर्दै छु भुई मा आफ्नै छायाको चित्र
त्यो आकार मा , म त्यो भित्र छुईन
म भित्र को म मा , उ मेरो एउटा कैदी हो
मेरो छायामा , उ एउटा निर्जीव लास हो

म भित्रको कारागर मा बन्द भएको मेरो आवाज
शुन्यता मा आफै कहिले काही एक्लै सुन्छु
मेरो काल्पनामा आँखा भरी आएको चित्र
आफु भित्रको खाली क्यानबशमा
आफु भित्र आफ्नै चित्र कोर्दै बस्छु

यो एउटा जीवन हो , जीवन जीवित हुन्छ
त्यो भित्र माया , घृणा , आशा , निराशा
सबै पाएको हुन्छ सबै गुमाएकाे हुन्छ
कोर्दै छु भुई मा आफ्नै छायाको चित्र
दुख्ने पिडा पनि मेरै हो
दुख्ने घाउ पनि मेरै हो
खुशी अनुहार पनि मेरै हो
खुशी मन पनि मेरै हो

क्षणभर को लागि बाटोमा भेटेकाे
मात्र हो तनाउहरु
ढल फल हुने जीवनी केहि क्षण को
लागि साटेको मात्र हो
लुकी जाने जवानी केहि क्षण को
लागि पैचो मागेको मात्र हो

पात बाट खस्दै गरेको एक थोपा
पानी त हौ हामी
घामको किरणमा बिहानै बिलि जाने
शीत को थोपा त हौ हामी
रेगिस्तानको मृगतृष्णा भित्र लुकेको
प्यास मात्र त हौ हामी
बन्दि बन्छ साझ पिन्जारामा त्यसै त्यसै                                                                                                                      मेरो रात किन बद्लिन्छ सदै
बद्ली जाने मन झन् धेरै धेरै
आधा रात मा किन कुकुर भुक्छ
मलाई हेरेर सदै सदै
लजाउदै लजाउदै  म उसको छेउ मा पुग्छु
अहिले उ लुट पुत लुट पुत गर्छ मलाई चिनेर
उसलाई लाग्छ म पनि उसकै जातको
अहिले त मेरो बेहुरा पनि कुकुर जस्तै भएको छ
हड्डी दिन्जेल म उसको बफादार हुन्छु
दिएन भने भोलि देखी भुक्छु सारै भए तोकी दी हाल्छु
कतै तिमीले जित देखेउ होला मेरो मा
समय संग म हारेको पनि थिए                                                                                                                                मैले आज केही पाएको छु भने
समय मा तिमी भित्र हराएको पनि थिए

लुक्ने आँसु लुकी दिन्छ आँखा भित्र नै
दुख्ने मुटु दु:खी रहन्छ भित्र छातीमा
समय बग्दै जान्छ हामी यात्री बन्छौ
आफु सिट बोकेर ल्याएको मन भित्रको बोज
समय पुग्दा , समयले फर्काइ  लान्छ
कदापी म कहिले भत्किएको थिएन
बाटोको घुम्तीहरु देखेर म डराएको थिए
मेरो विश्वास यति साह्रो आत्तिएको थियो
यो मन त्यसै कापी रहेको थियो
कदापी म कहिले भत्किएको थिएन

बन्दी बन्छ साझ पिन्जारामा त्यसै त्यसै                                                                                                                             मेरो रात किन बद्लिन्छ म त्यहा न भइ                                                                                                                     बद्ली जाने मनहरु झन् यहाँ धेरै धेरै
आधा रात मा किन बिउझिनछु
सधैं म एक्लै एक्लै

आकाश को सुन्यतालाई हेर्छु
मेरो आवाज गुन्जिएर बसेको होला
फेरी जमिनमा हेर्छु हल्लै हल्ला सुन्छु
तर मलाई सुनी दिने कोहि हुँदैन
यदि म नै म यहाँ न भइ  दिए
अाकांक्षलाई कस्दै राखेको छु
कठोर मन को डोरीले
इच्छा को हुरी चढेर पोखी जान्छु
चाहाना भित्र
ताेडछु भन्छ मेरो मनोबल यो कपटी
इच्छाले
मन तिमी सुन्दर मन मात्र भएर बसी देउ
कुनै इच्छा प्रकट नगरि कन

आँखाले होइन भावनाले जब छुन्छ
भन्छु चाहना न आइ दियोस मन भित्र
गाह्रो पर्छ समाल्न रोई जाने भावनालाई
सक्दिन आँसु सरि बिताउन बाकिको जीवनीलाई
म बिउँझेको बिहानीमा                                                                                                                                              तिमी म सित नयन भएर बिउँझी देउ  
म निदाएको आँखा भित्र                                                                                                                                         तिमी म भित्र सपनी भएर बसी देउ
मेरो हर बिहानी तिम्रो कोमल स्पर्श बाट
शुरू होस
मेरो हर दिन तिम्रो सपनीहरु ले सदा सजियोस

निश्चल धड्कन भइ म भित्र सदा धड्कि बस
चोखो रगत बनी मेरो शरीर भित्र बग्दै बग्दै बस
हर क्षण तिम्रो विश्वास सदा यो हृदय मा छाइ रहोस
क्षण क्षणमा तिम्रो तस्बिर यो आँखा ले देखी रहोस

कच्चा डोरी किन न होस् मजबुत बनाउने
प्रयाश हाम्रो होस
कुनै पनि सम्बन्ध समुन्द्र को छालमा निक्लेको
नाउ जस्तै हो
तर हाम्रो सम्बन्ध शीतल बगिरहने पवन जस्तै होस
मेरो आजको रंग फिक्का छ
विदुवाको सेतो वस्त्र जस्तो
तिम्रो आजको रंगलाई सोध
विदुवाले मन भित्र कस्तो रंग                                                                                                                                     सोचेको होला

रित्तिएकाे रंग सेतो र कालो हुन्छ
विदुवाको सिउदो उजाड जंगल जस्तो.                  
मैले टेकेको माटो न रंगहरुले रंगिएको छ
गाउँ घर न कुनै रंगहरुले घेरिएको छ
मेरो आजको रंग फिक्का छ

मुकुण्डो भित्र छेकिएको छ अनुहार  
कुन्चै अनुहारहरुमा दल्नु रंग  
कुन रंगले रंगगाउनु भन मुकुण्डो भित्रको अनुहार
मेरो आजको रंग फिक्का छ
जानीजानी कति भूल गरे
अन्जान मा पनि कति भुल गरे
सियोको टुप्पोमा राखेर पनि                                                                                                                                  जीवनीलाई हेरे
कति सपना त्यही सियो को टुप्पो मा
अल्झीरह्याे
कति सपना त्यही सियोमा ऊनेर पनि
मर्यो
यथार्थ देखि धेरै टाडा भागी रहे
सपनी सित म धेरै बेर रमाए

चिनेको बाटोलाई दोस्रो पल्ट पनि
नचिने झैँ गर्दै हिडी रहे
धाेका खादै फेरी धाेका दिनेहरुको
बीचमा म हिडीरहे
बाटोमा काडाहरु धेरै अंगाले माया गरे
काडा को चोट अहिले महसुस गरे
सडक को बत्ती सित रातलाई पनि दिन                                              
सम्झीदै हिडीरहे
सुर्यको किरण कस्तो हुन्छ भनेर अहिले
पो थाहा पाउन थाले
मीठा पलहरुमा म कहिले भुले
त्यही यादहरु लिएर आज फेरी म भुले
एक एक पाइला मा अतित समेटिएको छ
त्यही अतित मा आज फेरी म भुले

उकालो मा पसिना भित्र लुकेको म
म भित्र लुकेको एउटा ढुक ढुकी
सपना सित लुकेको एउटा अाकांक्षा
मधहाेश पाइला चल्दै छ चल्दै छ

लेख्दै छु कथा यो जिन्दगीको
शब्दहरु  कहाँ गएर टुंगिने हाे                                                                              
हिड्दै गरेको पाइला को गन्तब्य पनि                                                                                                                             कहाँ ,कता , कहिले रोकिने हो

मीठा पलहरुमा म कहिले भुले
त्यही यादहरु लिएर आज फेरी म भुले
शून्य आकशमा उडिरहेको
विचार                                                                                                                                                                      अदृश्य हावा भित्र बगिरहेको
कल्पना
दर्शन खोज्छन ढुंगामा पनि
निराशा
ढुक्कले बस्न न सक्ने हामी
चाहना

सम्झना मात्र बोकेर पर्खि रहने
मुटु
हाँस्दै सुरु हुने , रुन्दै बिदा दिने
माया
शुन्य बाट सुरु , अन्त पनि शुन्य
जीवनी

सिमित छन् सोच सबैको यहाँ
तर किन बन्न खोज्छन विद्वान सबै यहाँ
कसैले किनेको छैन स्वर्ग यहाँ
नर्ग सित किन डराउछ सबै यहाँ

आज यो रात तिम्रो हो भने
दिन कतै कहीँ कसैको हुन्छ
सुन्दर, रमणीय आज हुन्छ भने
दु:ख पनि कतै कहीँ अल्झेकाे हुन्छ
कहिले काही यो मन मा
आक्रोश उत्पन्न हुन्छ
विवश भएर यो मन ले
युद्ध को एहेलान गर्छ
पैतालाले धर्ती टेक्दा
जब काडा माथि मात्र
टेकि पठाउछ
त्यहा जंग को  घाेसना हुन्छ
लड्नलाई खुकुरी अहिले
बाेँधाे भइ सकेको छ
लड्नलाई कलम पनि
मसी न भएर भुइमा लडी रहेको छ
यहाँ समय छैन
तिम्रो मा के छ त्यही लिएर निक्ल
अब समय छैन
बिउझिदा अन्धकार नै थियो
जुनको उज्यालो पछौदै हिंडे
रातको शीतलाई टेकी पठाए
चर्याक्क गरेको आवाज संग तर्सिए
म डराए यो सुनसान परिवेशमा
अन्धकारले मात्र लपटेकाे यो रात

हावा लाई यकीन गर्दै पछी पछि हिंडे
कति बेला तुफान मा परिणत भ्एछ                                                                                                                                     थाहा पाएन
हुरी बताश ले उडाएर ल्याएको एक
थोपा पानी मेरो अनुहार मा पर्‍यो
थाहा भएन मलाई गरेको भरोशा पो थिएछ

हताश यो हृदय थकित झै भयो
अन्धकार सित म डराउन चाहन्न
तुफान देखी म भाग्न चाहन्न
कुनै आवाज सुन्न मन छैन
भिडहरु देखि भाग्दै हिडी रहेको छु
भाग्न मन लाग्छ भावना को मोह बाट
एक्लै सुनसान सुनसान हुन मन लाग्छ

जब म  शून्य भित्र प्रवेस गर्छु
त्यहा शुन्यलाई बुझ्ने प्रयाश गर्छु
शुन्यता भित्र पनि  कुनै आवाज छ
त्यो आवाज  भयानक छ
तब मन रित्तो हुन्छ संसार बाट
त्यती बेला तिमीलाई भुली सकेको हुन्छु

खल्लो भएर आउछ भित्र बाट मन
भित्री शान्ती , भित्री वोध हराउछ
खोज्दा पनि न मिल्ने , किन्नु पनि न मिल्ने
शान्ती , वोध यही हावा मै उडिरहेको छ
न देख्न सक्छु न महसुस गर्न सक्छु
शान्ति पाउन के के गर्नु पर्ने हो
शान्तिको लागि लडाईं हुन्छ
शान्तिको लागि सब कुरो त्याग गर्छ
शान्तिको लागि पुजारी विश्व पूजा गर्छ
मानिसको जहिले पनि अशान्ति मन

खुशी भए झन् अकांक्षा बद्छ
अपुरो अकांक्षामा दु:खी बन्छ
छाती चिरेर अशान्ति कहाँ निकाल्न सक्छौ
आँसु पुछी दिएर कहाँ खुशी दिन सक्छौ

हिमालको चिसाे सित चिसिनु सक्दैनौ
समुन्द्र को छाल लाई नाग्न सक्दैनौ
रेगिस्तानमा गर्मिको प्यास मेटाउन सक्दैनौ
आखिर शान्त त काहिँ छैन रहेछ
शान्त आफ्नै मन भित्र खोज्नु पर्दो रहेछ
भुलेको तिमीलाई पटक पटक
सम्झना मा किन आई दिन्छौ
घाउ भरि सकेको यो मुटुलाई
पटक पटक धुखाऊन किन आऊछौ

उडेर जान्छु म कता कता
बस्ने बासको हागाँ भाची गयो
बस्नु त मन छ सितल छहारीमा
मायाको छहारी नै कहाँ लुकी गयो

खुशी लिएर तिमी धेरै टाढा भयौ
आँसु र खुशी बीच म अल्जेको बेला
बिचलित भएर म बसे त के भो
रित्तो मुटु लिएर बाचेको बेला
देखेर नदेखे झैँ गर्नु पथ्यो
माया गर्छु तर नभन्नु पर्थ्यो
अब सबै त कुरा बिग्री सक्यो
आँखाको आँसु नदेखाउनु पर्थ्यो

बोकेको झोला खालिनै थियो
भारि नहाले भए चुत्तिदैन थियो
बोज बोकी त हाल्यो यो काधले
गरुङ भयो नभन्नु पर्थ्यो  

कुनै पनि बाटो बाटोनै त थिएछ
यात्रीको यात्रा नै दिशा बिपरित थिएछ
पहिलेनै बुजेर यात्रा गरेको भए
आधा बिचमा बाटो हराउदैन थिएछ
थाहा छ दिन उज्यालोनै हुन्छ
रात , रातनै हो सधा अन्धकार
थाहा छ धर्म गर्नु पर्ने हो भनेर
पाप त आखिर पाप नै हुन्छ

जतिनै उज्यालोमा बसेर
ज्योतिलाई समात्न खोज्छौ
अध्यारो बिचार सधा अन्धकार नै हुन्छ
साकारात्मक छु जतिनै भन्छौ
नाकारात्मक आखिर नाकारात्मक नै हुन्छ

जिन्दगी गणित जस्तै त हो
जोड्ने र घटाउने
दिनको उज्यालो खोज्दै जब
रातको सुन्यता मा प्रवेस गर्छौ
आखिर सुन्य बिना जीवनको गणित
हुँदैन रहेछ
जीवनको यात्रामा जीत मात्र खोज्दै हिडे
हार सबै पाइताला ले कुल्चेर राख्न खोजे
खुशी हुदै दुनियाँ सित जीत मनाए
दो बाटोमा अलपत्र भएर एक्लै हार मनाए

व्यावहारिक भएको सबैले हर दिन कुरा गर्छन्
भावुक भएर हर दिन आफु भित्र आफै हारे
यथार्थमा म जे थिए , त्यो म कहिले बन्न खोजेन
वास्तवमा आफैले आफैलाई चिन्ने प्रयाश गरिन

अलपत्र भएर हिड्ने प्राणलाई एक पल्ट साेधे
कतै कहिँ भ्रम माझमा अल्जेको त छैनौ
अङकुसेमा झुण्डेकाे मायालाई एक पल्ट साेधे
जीवनले कहिँ कतै झुक्काएको त छैन
शिर उठाउँदा हाम्रो आँखा जुझेकाे
शिर निउराइ लाजले तिमी भागेकी
हिज जस्तै लाग्छ समय कुदेर कहाँ पुगेछ
लजालु आधारले अहिले पनि घायल बनाउँछौ

समय सँगै उमेर ढल्केर गयो
समय सँगै विश्वास बढेर गयो
समय सँगै माया  बढ्दै गयो
सँगै जिउने , मर्ने खाएको कसम
अझै दह्रो भएर समय संग बग्दैछ

आकाशको जुन तारा न दिननै सक्थे
अहिले पनि कहाँ दिन सकेको छु र
मेरो आदर तिम्रो हर बिहानीमा हुन्छ
जीवनको अन्त सम्म तिमीलाई मेरो
साथ हुन्छ
गर्मीमा कोठाको फ्यान जस्तै
हर दिन , रात गुमी रहेको छु
सबैलाई सितल ता दिन खोज्दा
आफु भित्रको मोटर तातेर
घामको छेउमा पुगेर आफै
जल्न लागेको जस्तो भएको छु
ठण्डा महिनामा आगो भएर
न्यानो भइ दिनु पर्छ
बर्खा मा छाता भएर भिज्नु देखि
जोगाउन पर्छ
बसन्त ऋतु मा फुल भएर फुली दिनु
पर्छ
यो ऋतुहरु पनि कस्तो है
समय समयमा बदलिनु पर्ने
किन एकै नासको ऋतु न भएको है ?
सदा बदली रानु पर्ने
लथालिङ भाताबुङ पारि दिएछ
गदेउला जस्तो चल्ने दिमागलाई
सर्प जस्तो ठुगी हाल्ने ओठलाई
अर्थ शास्त्रको बानले सिलाई दिएछ
बिना मुल्यको सृझना लेखेर
टाईम पास गरेको भन्दै                                                                                                                                     कलाको अपमान गर्दै बसिरहेको छु
इस्कुस जस्तो हुनु मन लागेको छ                                                                                                                               फल , मुन्टा , जरा सबै खान हुने
कोइ कोइ बेला सिस्नु भएर भरै भरै                                                                                                                            सम्म पोलेर बसी रहनु मन लाग्छ
बोक्सी फुल भएर उसको बैठक कोठामा
सजिदिनु मन लाग्छ
पुरानो धिप्री बत्ति बनि कालो अध्यारो
चुलामा बली दिनु मन पर्छ
भारमा सुखाको दौरा भइ कन
चिम्ते माटो ले लिपेको चुलामा
अत्ति नअत्ति जल्नु मन लाग्छ
कालो देक्चीमा कालो दाल जस्तो
भक भक उम्लिनु मन लाग्छ
तिम्बुर र उसिनेको आलुको कथा
कोदोले बनेको रोटीको कथा
यो सबै बितेको मेरो तिम्रो कथा
सबै सबै पुरानो अतित भएर
गुन्द्रुक बनाको झैँ जमिन खनेर
खाल्डा भित्र गाडीन्दै छ मेरो यथार्थ
दिन आफ्नै प्रकारले बिद्दो रहेछ
रात आफ्नै प्रकारले निक्लिन्न्दो रहेछ
तर यो मन पो सधा अतालिँन्दो रहेछ
मन को तनाउ , जीवनको कस्ट
भोको पेट , नाङो शरीर , रित्तो मश्तिक
बिना शोरोत जीविका चलाऊनु पर्ने
कसैले पनि आएर दिन्छ आश्वासन
आशा गरेर समाचार पर्खि रहन्छु
खबर बिना निरासामा बित्छ दिन रात
मनलाई सम्झाउ छु निराश न हु
तेरो चुलामा पनि एक दिन देढो पाक्छ
मनलाई भन्छु मासु र भातको आसा नगर
त्यत्रो इच्छा , आकङछा लिएर न बश भन्छु
एक दुई वटा शुखा रोटि , कालो नुनको चिया
भए पुग्छ
मनको चाहानालाई रोक्ने कोशिस गर्छु
मस्तिकले के के सोचेर , यो मनलाई भड्काउछ
फेरी भौतिकबादी भनाएर सनशारिक  समुन्द्रमा
मोटी तिप्न्न म फेरी हाम फाल्छु
Happy Mother's Day

अलि कति ब्याकुल्ता मात्र हो
रातमा कोहि बेला निद आउँदैन
कोइ कोइ बेला बेचैन हुन्छ मन
यस्तै मा पनि ठिकै चल्दैछ जीवनी

अाैसधि त खानु परेको छैन अहिले
बेलुकी अलि अलि रक्सी चै पिउछु
नशाको झोकमा एक दुइ निन्द्रा सुत्छु
त्यस पछि आँखा टुल टुल हेर्दै

हर रात एउतै प्रश्न गर्दै बस्छु
मेरो परवरिशमा के भुल हुन गयो ?                                                                                                                          अभिन्न माया थियौ , मुटुको टुक्रा थियौ
कहाँ कति बेला मेरो भुल भयो सोचीरहन्छु
आमा हु म , सधा तिम्रै आमा हु म
जल्दै गरेको आगो हुँ
ज्वाला हौ आगोको तिमी
खरानी म भइ दिन्छु
भुप्रो भइ तिमी न्यानो दि रहनु

कोई बेला ज्वालामुखी भइ हाल्छु
विनासकारी हुनु देखी मलाई बचाई राख्नु
कोई  बेला माचिस भइ जली हाल्छु
तिमी सदा दियो भइ प्रकाश छरी रहनु

त्यही आगो सित जलेर जान्छ
हिड्दै गरेको , बोल्दै गरेको शरीर
जल्दै गरेको मनलाई नसोध्नु
जीवन आगो हो कि दियो हो भनेर
नजिक बाट नियालेर हेरे
निराश पन मात्र देखे अनुहारमा
मुटु जोरले हल्लिंदै थियो
शायद एक्लो पनले सताउदै थियो

पानी बोकेको बादल कति कालो हुन्छ
आँसुले भरेको उसको नयन पनि त्यस्तै थियो
भमराले भुलेको फुल कस्तो हुन्छ होला
पिरतीले बिर्सेको उनी पनि त्यस्तै थियो

गीतमा एउटा शब्द अपुरो भए जस्तै उनी
सागरमा एउटा छाल कमि भए जस्तै उनी
वास्तविकतामा सपनाहरु हराए जस्तै उनी
आज नजिक बाट नियालेर हेरे मैले उसलाई
थाहा छ तिमीलाई ?
मलाई केही पनि थाहा हुँदैन
तरै पनि
प्रश्न गरेर अत्तलाउछु
सबै चकित पर्छ
यो मान्छे पागल पो हो की
साँच्चै म पागल भएकोरहेछु
पागल हुनुमा पनि अर्कै मज्जा छ
तर तिमीहरु चै पागल नहुनू
भीदहरुमा आफैलाई एक्लो पाउँछौं
मानिसहरु बीच आफैलाई नौलो पाउँछौं
अफ्देरो मान्छे भनेर उपाधी नयाँ पाउँछौं
थाहाछ तिमीहरुलाई ?
मलाई केही पनि थाहा छैन र पो सोधेको
पग्ला भन्छौ भने पनि ठिकै छ
म त यो जीवन देखी रमाएको
पागल मान्छे हुँ
म बाहिर बाट,म भित्र बाट
फरक फरक अनुहार हुन्छ
एउटा अनुहारमा मुकुण्डो
अर्को अनुहारमा नकाब
भन्न खोज्दा
म फरिब
म झुठो
म चालबाजी
भन यहाँ को चै सोझा होला
भन यहाँ को चै लाटो होला
भन यहाँ को चै स्वार्थी न होला
भनौ भने म चै बाठो छु
तर कुनै काम नलाग्ने
उखान जस्तै जहिले पनि
दुई बल्द्यांग लडी पठाउछु
बोल्दा बोल्दै आफै प्रशंङ्ग
भित्र अलमल्ल भइ जान्छु
त्यस बिषय मा कुनै ज्ञान न भएर
तरै पनि तर्क गरेर बाथे मानिस हुनु पर्छ
उसलाई आज अन्तिम पत्र लेखे
गुनासो केहि छैन बस आँसु उपहार मा दिए
जीवन बिताएको सम्झना लेखे उसलाई
अधुरो कहानीको एउटा पात्र बनाए उसलाई
कुनै पनि कहानीको अन्त आँसु मा नै हुन्छ
यो सब्द उसलाई जीवनको यथार्थ भनि लेखि पठाए

सोचथे अब म भत्की सकेछु
म भत्केको होइन रहेछ यहाँ बाटो भत्केको रहेछ
उसलाई पनि चिट्ठी मा यही भनेर लेखि पठाए
तिमी ठिकै छौ यहाँ तिम्रो बाटो मात्र भत्केको हो
फेरी यहि भनेर लेखि पठाए
समालेर हिड कहिँ फेरी भत्केको बाटो हिडी पठाउला

यो प्रकृति र यो मन मा के नै फरक छ
प्रकृति बदली रहन्छ यो मानवको मन पनि
बदली रहन्छ
किन बदलिन्छ यो मन प्रश्न मात्र उठी रहन्छ
अन्तमा यहि प्रश्न लेखे यो पत्रमा
किन बदलियो तिम्रो यो मन ?
मुक्त आकाशमा उद्छ यो मन
पङ्छी सित भलाकुसारी गर्दै
बादल सित नाची हिद्छ यो मन
निर्वना भित्र प्रवेश हुन्छ यो मन

यो मन स्वतन्त्र हुनु खोज्छ सदै
कही न कही , केही न केही मा
अल्जीरहेको , उनिरहेको हुन्छ यो मन
दोधारे यो मन यथार्थ अंगाल्न मान्दैन
वास्तविकता आखिर वास्तविकता नै हुन्छ

कैद गर्छु आत्मा समुन्द्र को गहिराइमा
मोति टिप्ने आकङ्छा न बनोस यो मन मा
बरु छाल सित लड्छु जीवन भर
किनारा भेट्ने इचछा न बनोस यो मन मा
जीवनमा कुनै मोड़ भएर हिडे पनि
अन्तको मोड़ सबैको एउटै  हुन्छ
जतिनै घात पुराएर गयौ भने पनि
माया आखिर सबैको मायानै हुन्छ

पर्खाल देखी  बाहिर आएर हेर
अन्धकार देखी उज्यालो मा निक्लेर हेर
माया संसारमा सबैलाई बाटेर हेर
प्रकृति सित एक पल्ट गुनगुनाएर हेर

हराएको इच्छा  मुटु भित्र आलो पाउँछौ
बिर्सेको सपनाले तिम्रो बाटो हेरीरहेको पाउँछौ
रित्तो भाडाहरु एक एक गर्दै भरिएर आउँछ
मनको अध्यारोमा फेरी दियोको उज्यालो छाउँछ
माया दिनु धेरै सजिलो हुन्छ
माया पाउनु धेरै गाह्रो हुन्छ
माया गर्छु भन्दै भागी जानेलाई
बिर्शी दिनु धेरै गाह्रो हुन्छ

खुल्ला आकाश मा उडेर                                                                                                                                        साचो माया दिएर हेर
त्यती बेला मायालुको मायाको                                                                                                                                 मुल्याकन गर्न सक्छौ
मानिस भित्रको चोटलाई तिमीले                                                                                                                               आफ्नो सम्झेर हेर
यथार्थ मा लुकेको मायालुको                                                                                                                                  मनोभाव बुज्न सक्छौ

भित्रको भाव सित माया ऋण मा मागे
एक्लो पन को लागि माया पनि पैचो मागे
मायाको ऋण तिर्न नसकेर आँफै भिकारी भए
पैचो फर्काउनु नसकेर आफु सित आँफै नाङ्गो भए
बादल भित्र लुकेकाे
पानी हुन  पाए हुन्थ्यो
घाम भित्र लुकेकाे
ज्वाला हुन पाए हुन्थ्यो
हावा सँगै उडेको
पात हुन पाए हुन्थ्यो
फुल भित्र लुकेकाे
मिठाे सुगन्ध हुन पाए हुन्थ्यो
रातले जुन पर्खे झैं
जूनकाे शीतल  उज्यालो हुन पाए हुन्थ्यो
अाेठले मधुर मुस्कान पर्खे झै
त्यो मिठाे मुस्कान  हुन पाए हुन्थ्यो
मानिसहरूकाे दुःखमा
एउटा खुशी हुन पाए हुन्थ्यो
थाहा छ,याे हुन असम्भव छ
असम्भवलाई सम्भव पार्न पाए हुन्थ्यो                                                                         तर जीवनीकाे अाशा
तिम्राे अनि मेराे अाशा।
चुडिएको चंगा जस्तो खुला आकाशमा
हावाको लहरहरु संग एक्लै
बतासिरहेको छु
थाहा छैन बतासिन्दै कहाँ पुग्ने हो
मेरो बास रुख माथि हुने हो
या च्यातिएर लथालिंग हुने हो
जब मेरो साथ धागोसँग हुन्थ्यो
मलाई आकाश चुम्न मन पर्थ्यो
जब म चुडिए, बेसाहारा भए
अच्चम को संसार कस्तो संसार
म एउटा चंगा उसलाई प्रतिनिधित्व
गर्दै आकाश चिनाउने
जब म चुडीनछु उसले मलाई भुली जाने
लत्किएर कहिले तारहरुमा नाच्दै
गरेको हुन्छु
सँन्चोले कहाँ बाँच्न सकिन्छ
ढुंगाको झटारोले छिया छिया पारछ
अतालिन्छु भयानक दृश्य देखेर
के गर्नु चुप चाप बस्नु बाहेक केही छैन
पानीको यात्रा
मानिसको तिर्खा मेटाउन
बादल देखि झरी बन्छ
खोला बन्छ , कुवा बन्छ
धारा बन्छ के के बन्छ
स्वार्थ मानिस
रुखहरु कात्छ , प्रदुषण फैलाउछ
फेरी पानि प्रकृति लाई गालि गर्छ
खडेरी लागेर शुखि सकेको रुख
विध्वंस हुन देखि नधाराइ उ उब्छ
उसलाई आउने सन्तानको चिन्ता छ
के हामी यसरि उभिन सक्छौ ?
आज नेत्रहीन भए,केही देखिन
आज बहिरो भए,केही सुन्दिन
आज लाटो भए जस्तो लाग्दैछ
आवाज उठाउनु पनि असर्मथ छु
प्रकृति ले पनि हामीलाई नै पिरोल्छ
उनीहरुको शब्द शब्दले पहिरो जस्तो हामीलाई थिचेर कहिले
नउठ्ने गरी पाताल मुनि दफन गरि दिन्छ
घास पात खाएर बाच्न पनि सक्दिन
लात खाए पनि गाश त खानुई छ
बाच्नको निम्ति
हिज जस्तो जीवनी छैन आज
यहाँ दानवहरुले चारै तिर घेरी सकेको छ
मृत्युलाई बोलाउन सजिलो छ
बाचेर फेरी जीवनु उति नै गाह्रो छ
कसरी बाच्छौ तिमी यहाँ
मन भरी प्रश्नहरु उठछ
यसको रोजाई अब आफु माथी छ
भोली गएर धेरै प्रश्न उठछ होला
तर मलाई आजको जिवनी जिउनु छ
लुत्रुकै भिजेको लगाको लुगा
शरीरको तातोले सुखी सक्यो
एउटा लगाको जिउको कात्रो
नयाँ फेर्न नसक्ने जिउदो लास
लाज पनि ढाक्न नसक्ने अवस्थामा
पहिचानले परिचय सापटी मागछ
पहिचान कहाँ बाट दिनु
जात र धर्म ले पनि सापटी मागछ
आफै  भिखारी सापट कता बाट दिनु
यहाँ को चै हो भिखारी ?

पहिचान , जात , धर्मले पिल्छेको मनुवा
समाजवादी , प्रजातन्त्रवादी ,आधुनिकवादी
भन्दै सदियो देखी कराइ रहेको छ
आन्दोलन देखी लडाईं
भुखमारी देखी खडेरी
घर जलाउनु देखी हत्या
कसले गरेको छ जंगल को जनुवारले
आकस बाट जमिन मुनी बाट समुन्द्र बाट
के राकक्ष दानव आएर गरेको हो त ?

धर्ती आमाले पनि कस्तो सन्तान जन्माएको
सबै छोरा छोरी बिग्रेको मात्र छ
कसैलाई आफ्नो घरको फिक्री छैन
कोही समाजवादी कोही प्रजातन्त्रवादी
कोही आधुनिकवादी
घर परिवारमा लडाईं गराउछ
एउटाले अर्कोको नाग काट्छ
अर्कोले कान काटि  दिन्छ
अब भविष्यमा मा सन्तान जन्माउनु अघी                                                                                                                         पुरा झोखाना हेरेर मात्र जन्माउनु होस् है
आज फेरी म जन्मे
किन म जन्मे थाहा छैन
तरै पनि म जन्मे
तिम्रो मुहारमा मुस्कान दिन
तिम्रो आँसुलाई खुशी मा बदल्लन
थाहा छैन आज फेरी म जन्मे
बर्षामा भिझ्दै झरीकाे संगीत
मनभरी आनन्दको लहर                
सावन संगै नयाँ शीतलता
चरा चुरूंगी नयाँ गीत रच्छ

बादल चिरी आएको किरण
जब तिम्रो लजालु मुस्कानलाई छुन्छ                                                                           तब एउटा नयाँ संसारको सृष्टि हुन्छ
वर्षा झरीमा नयाँ चित्रनै कोरिन्छ
घुम्टो उठाई लजालु नयन ले त हेर
छम छम घुंगुरूकाे आवाज संग त नाँची त हेर

मदूहोस यो रात तिम्रो अंगालो मा  लपेटि दिन्न्दा
रात पनि एक पल्ट अतालिदिन्छ
तिम्रो लजालु मुस्कान भित्र लुक्न सके
याे जीवनी नै मेराे सम्पूर्ण  भइ दिन्छ।
फर्किएन उ कहिले फर्केन
बिदाइ हुँदा फर्की आउछु भनेको थियो
औलिको औठी मैले पठााएकाे चिठी
तर उसको शरीर, औठी चिठी को साथ फर्केन

हेरन तिमीले दिएको खुशी भरोशा
मैले मुटु भरि गाठो बनाएर राखेको छु
तिमी आउँदा गाठो फुकाएर देखाउला भने थिए
आज यो आँसु सित बगाउदै छु  
फर्किएन उ कहिले फर्केन                                                          

चार वटा काधमा एउटा काध म हाल्छु
सेतो होइन कालो साडी म लगाउछु
रोक्दिन तिम्रो बाटो तिमी गइ त सक्यौ
फर्किएन उ कहिले फर्केन
भुइचालो आए जस्तो लर्बरिन्छ पाइला
मातेर बोले जस्तो लर्बरिन्छ बोली
पैरो जस्तै बगेको मनभित्र अनेकौ कुरा
भनझ्याङ भएर हेरेको हिमालका चुचुरा
पृथ्वी जस्तो मानचित्र कोरेको अनौठो मुटु
निधार , हातमा कोरेको रेखा भविष्य
छेक्न सक्दैन ममताको आचल
ममताको ऋण तिरेर तिरी सक्दैन
माया कहिले पनि काल्पनिक हुँदैन
ममताको आचल छेकेर छेकी सक्दैन

दुध संगै ममता उ भित्र गुलिन पुग्छ
कोण कोणमा ममता छाएर बस्छ
ममताको महक नाक बाट कहिले हतिन्दैन
आँखाको किरण बाट ममता कहिले मेतिन्दैन

रुन्दै थियो उ , अतालिने अर्को मुटु थियो
अत्तालिन्दै अङ्गालो हाल्छ ममताको आचल
कुनै फिक्री बिना उ मुस्कुराउन थाल्छ
वातावरन नै ममताले भरेर आउछ
बादल चिरेर आएको किरण
पहिले पनि देखेकै थिए
झरी पछि लागेको इन्द्रेनी
पहिले पनि देखेकै थिए
नदेखेको त विपक्ष पन

कहिले न भरिने मनको इच्छा
अहम नै अन्धो अहम नै ध्वंसक
के चडाउछ बाच्नेले चितामा तिमीलाई
एक मुठी माटो त्यो पनि दिन कन्चुश गर्छ
सबै जना भिखारी त रहेछौ
सबै जना नाङ्गो रहेछौ
आखिर सबै जना एक्लै
समालिनु नसक्ने गरि मैले पिए
रातलाई चिन्न थियो मैले पिए  
बेहोश हुने गरि मैले पिए    
अन्धकार सित डर लाग्थ्यो मैले पिए    

बिवश भएर हिडिरहे सडक बिचमा
आँसु  लुकाउदै आज फेरी मैले पिए
रित्तिन्दै थिए हर एक पलहरु मा म
 रित्तो छाती छाम्दै आज फेरी मैले पिए

त्यति बेला पनि नशा चढेको थियो
अहिले त झनै नशा भित्र घेरिएको छु                                                                                                                                             सोच्दै थिए अब न पिउनु पर्यो भनेर                                                                                                                            अचानक आज फेरी पी पठाए
एक छन् , जाहा थियो मिलन
दुई मुटु बीच थियो एक धर्कन
मौनता बीच बाट निस्कन्थ्यो माया
लझालु आधारमा हावाको सुस्केरा

ए पल ,जहा छौ त्यही बश
ए मन ,जहा छौ हराएर बश
माया अब मलाई बिर्सेंर हेर
धुकधुकी एक पल्ट रोकेर हेर

खालीपन जब हुन्छ हिर्दै भित्र
उदासी रोक्न सक्दैन छाती भित्र
एक छन् , जाहा थियो मिलन
एक छन् , जाहा थियो मिलन
बाटोमा कोहि पनि बदलिनु सक्छ                                                          
कतै बदले भने नयाँ यात्रा सुरु गर्नु                                                                      
बादलको पनि आफ्नै यात्रा हुन्छ
त्यस पछि पानीको आफ्नै यात्रा हुन्छ

रुनु मन लागे रोई दिनु नरोक्नु                                                                                                                                                 आँसुको आफ्नै यात्रा हुन्छ,रित्तिनु दिनु                                                                                                                                हास्नु मन लागे बेस्शरी हास्नु नथाम्नु.                                                                                                                                    खुशीको आफ्नै आँसु हुन्छ,झर्नु दिनु
एक पल थियो
तिमी थियौ म थिए
सपना पनि थियो
बिपना पनि थियो
कल्पना पनि थियो
यथार्थ पनि थियो
सन्ध्या हुन्दै थियो
तिमि थियौ म थिए

रातको समय थियो
जुन पनि थियो
तारा पनि थियो
चिसो बताश चल्दै थियो
मन पनि चिसिन्दै थियो
प्रभात हुनै लागेको थियो
तिमी थियौ म थिए

सन्नाटा छाएको थियो
तिमी पनि मौन थियौ
म भित्र सुन्यता थियो
एउटा मिलनको आज
बिदाइको नाटक थियो
एउटा नाताको अन्त थियो
प्रभात , सन्ध्याको अन्तिम मिलन थियो