Monday, June 27, 2016

देखेर नदेखे झैँ गर्नु पथ्यो
माया गर्छु तर नभन्नु पर्थ्यो
अब सबै त कुरा बिग्री सक्यो
आँखाको आँसु नदेखाउनु पर्थ्यो

बोकेको झोला खालिनै थियो
भारि नहाले भए चुत्तिदैन थियो
बोज बोकी त हाल्यो यो काधले
गरुङ भयो नभन्नु पर्थ्यो  

कुनै पनि बाटो बाटोनै त थिएछ
यात्रीको यात्रा नै दिशा बिपरित थिएछ
पहिलेनै बुजेर यात्रा गरेको भए
आधा बिचमा बाटो हराउदैन थिएछ

No comments:

Post a Comment