Monday, June 27, 2016

नजिक बाट नियालेर हेरे
निराश पन मात्र देखे अनुहारमा
मुटु जोरले हल्लिंदै थियो
शायद एक्लो पनले सताउदै थियो

पानी बोकेको बादल कति कालो हुन्छ
आँसुले भरेको उसको नयन पनि त्यस्तै थियो
भमराले भुलेको फुल कस्तो हुन्छ होला
पिरतीले बिर्सेको उनी पनि त्यस्तै थियो

गीतमा एउटा शब्द अपुरो भए जस्तै उनी
सागरमा एउटा छाल कमि भए जस्तै उनी
वास्तविकतामा सपनाहरु हराए जस्तै उनी
आज नजिक बाट नियालेर हेरे मैले उसलाई

No comments:

Post a Comment