जीवनको यात्रामा जीत मात्र खोज्दै हिडे
हार सबै पाइताला ले कुल्चेर राख्न खोजे
खुशी हुदै दुनियाँ सित जीत मनाए
दो बाटोमा अलपत्र भएर एक्लै हार मनाए
व्यावहारिक भएको सबैले हर दिन कुरा गर्छन्
भावुक भएर हर दिन आफु भित्र आफै हारे
यथार्थमा म जे थिए , त्यो म कहिले बन्न खोजेन
वास्तवमा आफैले आफैलाई चिन्ने प्रयाश गरिन
अलपत्र भएर हिड्ने प्राणलाई एक पल्ट साेधे
कतै कहिँ भ्रम माझमा अल्जेको त छैनौ
अङकुसेमा झुण्डेकाे मायालाई एक पल्ट साेधे
जीवनले कहिँ कतै झुक्काएको त छैन
No comments:
Post a Comment