Monday, June 27, 2016

लुत्रुकै भिजेको लगाको लुगा
शरीरको तातोले सुखी सक्यो
एउटा लगाको जिउको कात्रो
नयाँ फेर्न नसक्ने जिउदो लास
लाज पनि ढाक्न नसक्ने अवस्थामा
पहिचानले परिचय सापटी मागछ
पहिचान कहाँ बाट दिनु
जात र धर्म ले पनि सापटी मागछ
आफै  भिखारी सापट कता बाट दिनु
यहाँ को चै हो भिखारी ?

पहिचान , जात , धर्मले पिल्छेको मनुवा
समाजवादी , प्रजातन्त्रवादी ,आधुनिकवादी
भन्दै सदियो देखी कराइ रहेको छ
आन्दोलन देखी लडाईं
भुखमारी देखी खडेरी
घर जलाउनु देखी हत्या
कसले गरेको छ जंगल को जनुवारले
आकस बाट जमिन मुनी बाट समुन्द्र बाट
के राकक्ष दानव आएर गरेको हो त ?

धर्ती आमाले पनि कस्तो सन्तान जन्माएको
सबै छोरा छोरी बिग्रेको मात्र छ
कसैलाई आफ्नो घरको फिक्री छैन
कोही समाजवादी कोही प्रजातन्त्रवादी
कोही आधुनिकवादी
घर परिवारमा लडाईं गराउछ
एउटाले अर्कोको नाग काट्छ
अर्कोले कान काटि  दिन्छ
अब भविष्यमा मा सन्तान जन्माउनु अघी                                                                                                                         पुरा झोखाना हेरेर मात्र जन्माउनु होस् है

No comments:

Post a Comment