शून्य आकशमा उडिरहेको
विचार अदृश्य हावा भित्र बगिरहेको
कल्पना
दर्शन खोज्छन ढुंगामा पनि
निराशा
ढुक्कले बस्न न सक्ने हामी
चाहना
सम्झना मात्र बोकेर पर्खि रहने
मुटु
हाँस्दै सुरु हुने , रुन्दै बिदा दिने
माया
शुन्य बाट सुरु , अन्त पनि शुन्य
जीवनी
सिमित छन् सोच सबैको यहाँ
तर किन बन्न खोज्छन विद्वान सबै यहाँ
कसैले किनेको छैन स्वर्ग यहाँ
नर्ग सित किन डराउछ सबै यहाँ
आज यो रात तिम्रो हो भने
दिन कतै कहीँ कसैको हुन्छ
सुन्दर, रमणीय आज हुन्छ भने
दु:ख पनि कतै कहीँ अल्झेकाे हुन्छ
No comments:
Post a Comment