इस्कुस जस्तो हुनु मन लागेको छ फल , मुन्टा , जरा सबै खान हुने
कोइ कोइ बेला सिस्नु भएर भरै भरै सम्म पोलेर बसी रहनु मन लाग्छ
बोक्सी फुल भएर उसको बैठक कोठामा
सजिदिनु मन लाग्छ
पुरानो धिप्री बत्ति बनि कालो अध्यारो
चुलामा बली दिनु मन पर्छ
भारमा सुखाको दौरा भइ कन
चिम्ते माटो ले लिपेको चुलामा
अत्ति नअत्ति जल्नु मन लाग्छ
कालो देक्चीमा कालो दाल जस्तो
भक भक उम्लिनु मन लाग्छ
तिम्बुर र उसिनेको आलुको कथा
कोदोले बनेको रोटीको कथा
यो सबै बितेको मेरो तिम्रो कथा
सबै सबै पुरानो अतित भएर
गुन्द्रुक बनाको झैँ जमिन खनेर
खाल्डा भित्र गाडीन्दै छ मेरो यथार्थ
No comments:
Post a Comment