Monday, June 27, 2016

नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन
मधिरा पिएर मैले जीवनी भुल्न खोजेको होइन
प्याला समाएर आफु बाट भाग्न खोजेको होइन
नसामा झुमेर ब्यथा पोखाउन खोजेको होइन

तिमीले कसरी बुझ्न सक्छौ मलाई , त्यसरी भुझ
मैले रक्सिको मित्रतलाई अगालेर जिएको होइन
कुन्चै मापदण्डमा तौलिन्छौ मेरो नसालु मायालाई
मैले मधिरा सित साईनो गासेर बाचेको होइन
कसैको लागी पिएर म रात भर डुलेको होइन

रात पर्दै जान्छ मेरो जीवनी सुरु हुँदै जान्छ
सपना देखी टाडा हुन खोजेको होइन
नसा भित्र जब म दुब्दै दुब्दै जान्छु
तब म आफैलाई भुल्दै भुल्दै जान्छु
नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन

No comments:

Post a Comment