Monday, June 27, 2016

थाहा छ तिमीलाई ?
मलाई केही पनि थाहा हुँदैन
तरै पनि
प्रश्न गरेर अत्तलाउछु
सबै चकित पर्छ
यो मान्छे पागल पो हो की
साँच्चै म पागल भएकोरहेछु
पागल हुनुमा पनि अर्कै मज्जा छ
तर तिमीहरु चै पागल नहुनू
भीदहरुमा आफैलाई एक्लो पाउँछौं
मानिसहरु बीच आफैलाई नौलो पाउँछौं
अफ्देरो मान्छे भनेर उपाधी नयाँ पाउँछौं
थाहाछ तिमीहरुलाई ?
मलाई केही पनि थाहा छैन र पो सोधेको
पग्ला भन्छौ भने पनि ठिकै छ
म त यो जीवन देखी रमाएको
पागल मान्छे हुँ

No comments:

Post a Comment