Monday, June 27, 2016

कुनै आवाज सुन्न मन छैन
भिडहरु देखि भाग्दै हिडी रहेको छु
भाग्न मन लाग्छ भावना को मोह बाट
एक्लै सुनसान सुनसान हुन मन लाग्छ

जब म  शून्य भित्र प्रवेस गर्छु
त्यहा शुन्यलाई बुझ्ने प्रयाश गर्छु
शुन्यता भित्र पनि  कुनै आवाज छ
त्यो आवाज  भयानक छ
तब मन रित्तो हुन्छ संसार बाट
त्यती बेला तिमीलाई भुली सकेको हुन्छु

खल्लो भएर आउछ भित्र बाट मन
भित्री शान्ती , भित्री वोध हराउछ
खोज्दा पनि न मिल्ने , किन्नु पनि न मिल्ने
शान्ती , वोध यही हावा मै उडिरहेको छ
न देख्न सक्छु न महसुस गर्न सक्छु

No comments:

Post a Comment