Monday, June 27, 2016

आज नेत्रहीन भए,केही देखिन
आज बहिरो भए,केही सुन्दिन
आज लाटो भए जस्तो लाग्दैछ
आवाज उठाउनु पनि असर्मथ छु
प्रकृति ले पनि हामीलाई नै पिरोल्छ
उनीहरुको शब्द शब्दले पहिरो जस्तो हामीलाई थिचेर कहिले
नउठ्ने गरी पाताल मुनि दफन गरि दिन्छ
घास पात खाएर बाच्न पनि सक्दिन
लात खाए पनि गाश त खानुई छ
बाच्नको निम्ति
हिज जस्तो जीवनी छैन आज
यहाँ दानवहरुले चारै तिर घेरी सकेको छ
मृत्युलाई बोलाउन सजिलो छ
बाचेर फेरी जीवनु उति नै गाह्रो छ
कसरी बाच्छौ तिमी यहाँ
मन भरी प्रश्नहरु उठछ
यसको रोजाई अब आफु माथी छ
भोली गएर धेरै प्रश्न उठछ होला
तर मलाई आजको जिवनी जिउनु छ

No comments:

Post a Comment