बिउझिदा अन्धकार नै थियो
जुनको उज्यालो पछौदै हिंडे
रातको शीतलाई टेकी पठाए
चर्याक्क गरेको आवाज संग तर्सिए
म डराए यो सुनसान परिवेशमा
अन्धकारले मात्र लपटेकाे यो रात
हावा लाई यकीन गर्दै पछी पछि हिंडे
कति बेला तुफान मा परिणत भ्एछ थाहा पाएन
हुरी बताश ले उडाएर ल्याएको एक
थोपा पानी मेरो अनुहार मा पर्यो
थाहा भएन मलाई गरेको भरोशा पो थिएछ
हताश यो हृदय थकित झै भयो
अन्धकार सित म डराउन चाहन्न
तुफान देखी म भाग्न चाहन्न
No comments:
Post a Comment