Monday, June 27, 2016

आकाशलाई नै कहिले छुन सके
समुन्द्रको गहिराइलाई नै नाप्न सके
न चम्किलो तारालाई नै गन्न सके
न जुनको उज्यालोमा दिशा खोज्न सके

एउटा सामान्य जीवन थियो मेरो
सोचे जस्तो स्थिरता छैन अब
कहिले भत्की पठाउछु फेरी जोड्छु
कहिले लडी पठाऊछु समालिन्दै आँफै उठ्छु

बुज्ने कोशिस गर्छु जीवनी दर्शन
अझ झन् अल्मलाउछु जीवनीलाई
आकाशलाई नै कहिले छुन सके
समुन्द्रको गहिराइलाई नै नाप्न सके

No comments:

Post a Comment