Monday, June 27, 2016

कोर्दै छु भुई मा आफ्नै छायाको चित्र
त्यो आकार मा , म त्यो भित्र छुईन
म भित्र को म मा , उ मेरो एउटा कैदी हो
मेरो छायामा , उ एउटा निर्जीव लास हो

म भित्रको कारागर मा बन्द भएको मेरो आवाज
शुन्यता मा आफै कहिले काही एक्लै सुन्छु
मेरो काल्पनामा आँखा भरी आएको चित्र
आफु भित्रको खाली क्यानबशमा
आफु भित्र आफ्नै चित्र कोर्दै बस्छु

यो एउटा जीवन हो , जीवन जीवित हुन्छ
त्यो भित्र माया , घृणा , आशा , निराशा
सबै पाएको हुन्छ सबै गुमाएकाे हुन्छ
कोर्दै छु भुई मा आफ्नै छायाको चित्र

No comments:

Post a Comment