बादल भित्र लुकेकाे
पानी हुन पाए हुन्थ्यो
घाम भित्र लुकेकाे
ज्वाला हुन पाए हुन्थ्यो
हावा सँगै उडेको
पात हुन पाए हुन्थ्यो
फुल भित्र लुकेकाे
मिठाे सुगन्ध हुन पाए हुन्थ्यो
रातले जुन पर्खे झैं
जूनकाे शीतल उज्यालो हुन पाए हुन्थ्यो
अाेठले मधुर मुस्कान पर्खे झै
त्यो मिठाे मुस्कान हुन पाए हुन्थ्यो
मानिसहरूकाे दुःखमा
एउटा खुशी हुन पाए हुन्थ्यो
थाहा छ,याे हुन असम्भव छ
असम्भवलाई सम्भव पार्न पाए हुन्थ्यो तर जीवनीकाे अाशा
तिम्राे अनि मेराे अाशा।
No comments:
Post a Comment