थाहा छ दिन उज्यालोनै हुन्छ
रात , रातनै हो सधा अन्धकार
थाहा छ धर्म गर्नु पर्ने हो भनेर
पाप त आखिर पाप नै हुन्छ
जतिनै उज्यालोमा बसेर
ज्योतिलाई समात्न खोज्छौ
अध्यारो बिचार सधा अन्धकार नै हुन्छ
साकारात्मक छु जतिनै भन्छौ
नाकारात्मक आखिर नाकारात्मक नै हुन्छ
जिन्दगी गणित जस्तै त हो
जोड्ने र घटाउने
दिनको उज्यालो खोज्दै जब
रातको सुन्यता मा प्रवेस गर्छौ
आखिर सुन्य बिना जीवनको गणित
हुँदैन रहेछ
No comments:
Post a Comment