Monday, June 27, 2016

उसलाई आज अन्तिम पत्र लेखे
गुनासो केहि छैन बस आँसु उपहार मा दिए
जीवन बिताएको सम्झना लेखे उसलाई
अधुरो कहानीको एउटा पात्र बनाए उसलाई
कुनै पनि कहानीको अन्त आँसु मा नै हुन्छ
यो सब्द उसलाई जीवनको यथार्थ भनि लेखि पठाए

सोचथे अब म भत्की सकेछु
म भत्केको होइन रहेछ यहाँ बाटो भत्केको रहेछ
उसलाई पनि चिट्ठी मा यही भनेर लेखि पठाए
तिमी ठिकै छौ यहाँ तिम्रो बाटो मात्र भत्केको हो
फेरी यहि भनेर लेखि पठाए
समालेर हिड कहिँ फेरी भत्केको बाटो हिडी पठाउला

यो प्रकृति र यो मन मा के नै फरक छ
प्रकृति बदली रहन्छ यो मानवको मन पनि
बदली रहन्छ
किन बदलिन्छ यो मन प्रश्न मात्र उठी रहन्छ
अन्तमा यहि प्रश्न लेखे यो पत्रमा
किन बदलियो तिम्रो यो मन ?

No comments:

Post a Comment