Monday, June 27, 2016

गर्मीमा कोठाको फ्यान जस्तै
हर दिन , रात गुमी रहेको छु
सबैलाई सितल ता दिन खोज्दा
आफु भित्रको मोटर तातेर
घामको छेउमा पुगेर आफै
जल्न लागेको जस्तो भएको छु
ठण्डा महिनामा आगो भएर
न्यानो भइ दिनु पर्छ
बर्खा मा छाता भएर भिज्नु देखि
जोगाउन पर्छ
बसन्त ऋतु मा फुल भएर फुली दिनु
पर्छ
यो ऋतुहरु पनि कस्तो है
समय समयमा बदलिनु पर्ने
किन एकै नासको ऋतु न भएको है ?
सदा बदली रानु पर्ने

No comments:

Post a Comment