शिर उठाउँदा हाम्रो आँखा जुझेकाे
शिर निउराइ लाजले तिमी भागेकी
हिज जस्तै लाग्छ समय कुदेर कहाँ पुगेछ
लजालु आधारले अहिले पनि घायल बनाउँछौ
समय सँगै उमेर ढल्केर गयो
समय सँगै विश्वास बढेर गयो
समय सँगै माया बढ्दै गयो
सँगै जिउने , मर्ने खाएको कसम
अझै दह्रो भएर समय संग बग्दैछ
आकाशको जुन तारा न दिननै सक्थे
अहिले पनि कहाँ दिन सकेको छु र
मेरो आदर तिम्रो हर बिहानीमा हुन्छ
जीवनको अन्त सम्म तिमीलाई मेरो
साथ हुन्छ
No comments:
Post a Comment