Monday, June 27, 2016

शान्ति पाउन के के गर्नु पर्ने हो
शान्तिको लागि लडाईं हुन्छ
शान्तिको लागि सब कुरो त्याग गर्छ
शान्तिको लागि पुजारी विश्व पूजा गर्छ
मानिसको जहिले पनि अशान्ति मन

खुशी भए झन् अकांक्षा बद्छ
अपुरो अकांक्षामा दु:खी बन्छ
छाती चिरेर अशान्ति कहाँ निकाल्न सक्छौ
आँसु पुछी दिएर कहाँ खुशी दिन सक्छौ

हिमालको चिसाे सित चिसिनु सक्दैनौ
समुन्द्र को छाल लाई नाग्न सक्दैनौ
रेगिस्तानमा गर्मिको प्यास मेटाउन सक्दैनौ
आखिर शान्त त काहिँ छैन रहेछ
शान्त आफ्नै मन भित्र खोज्नु पर्दो रहेछ

No comments:

Post a Comment