मेरो आजको रंग फिक्का छ
विदुवाको सेतो वस्त्र जस्तो
तिम्रो आजको रंगलाई सोध
विदुवाले मन भित्र कस्तो रंग सोचेको होला
रित्तिएकाे रंग सेतो र कालो हुन्छ
विदुवाको सिउदो उजाड जंगल जस्तो.
मैले टेकेको माटो न रंगहरुले रंगिएको छ
गाउँ घर न कुनै रंगहरुले घेरिएको छ
मेरो आजको रंग फिक्का छ
मुकुण्डो भित्र छेकिएको छ अनुहार
कुन्चै अनुहारहरुमा दल्नु रंग
कुन रंगले रंगगाउनु भन मुकुण्डो भित्रको अनुहार
मेरो आजको रंग फिक्का छ
No comments:
Post a Comment